अमेरिकन कमेडियन कार्ल रिनरको निधन « Khabarhub

अमेरिकन कमेडियन कार्ल रिनरको निधन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका लेखक तथा कलाकार कार्ल रिनरको निधन भएको छ । ९८ वर्षीय कार्लको सोमबार निधन भएको उनका छोरा रोम रिनरले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

‘गएको राति मेरा बुबा बित्नुभयो, यो लेख्दा म निकै पीडामा छु,’ उनले लेखेका छन् । सीएनएनका अनुसार कार्लको आफ्नै घरमा निधन भएको छ ।

७० वर्षको करिअरमा उनले इट्स अ म्याड, ह्याप्पी एनिभर्सरी, द रसियन आर कमिङ, द जर्क लगायतका फिल्ममा काम गरेका छन् । हलिउडमा उनलाई निर्माता, लेखक, कमेडियन र कलाकार, निर्देशकका रुपमा चिनिन्छ ।

सात दशक लामो करिअरमा उनले कैयन् अवार्ड जितेका छन् । कार्लको निधनपछि हलिउड फ्यानहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने