संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज १२ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले स‌ंसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने एकल निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘संसद् अधिवेशन अन्त्यका लागि सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने,’यो आकस्मिक निर्णय हैन विजनेश नभएकाले आजको बैठकले एक सूत्रीय यही मात्रै विषयमा निर्णय गर्यो ।’

ती मन्त्रिका अनुसार आज बेलुका ५ बजेदेखि संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ५१ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने