पुटिनलाई अरू १६ वर्ष सत्तामै रहने बाटो खुला « Khabarhub

पुटिनलाई अरू १६ वर्ष सत्तामै रहने बाटो खुला


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अरू १६ वर्षसम्म सत्तामै रहने बाटो खुला भएको छ ।

पुटिनलाई सन् २०३६ सम्म सत्तामै रहन मिल्ने गरी संविधान संशोधन गर्न गरिएको एउटा चुनावमा  जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्।

संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६/६ वर्षको अतिरिक्त समय पदमा बसिरहन जनताले चुनावी माध्यमबाट मञ्जुरी दिएका हुन्।

एकसाता लगाएर गरिएको चुनावको ९८ प्रतिशत हाराहारी मतगणना भइसक्दा ७८ प्रतिशतभन्दा बढी जनताले संविधान संसोधनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०२४ मा सकिने हालको कार्यकालपछि पनि राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने सम्भावनालाई ६७ वर्षीय पुटिनले अस्वीकार गरेका छैनन् । उनी फेरि चुनाव लडेर सन् २०३६ सम्म सत्तामा बसिरहने चर्चा भइरहँदा कानूनी बाटो पनि अब खुला भएको हो ।

सन् १९९९ मा प्रधानमन्त्री भएपश्चात् सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति बनेका पुटिन सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए भने सन् २०१२ यता पुन: राष्ट्रपति भएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ३२ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा