स्थायी कमिटी बैठक रोकेर नेकपा नेताहरू आपसी छलफलमा « Khabarhub

स्थायी कमिटी बैठक रोकेर नेकपा नेताहरू आपसी छलफलमा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आधा घण्टा पनि नबसी स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको तथा सरकारले फेरि पनि संवाद नै नगरी अकास्मात संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि त्यसबारे नेताहरूले आन्तरिक छलफल गरेर आवश्यक धारणा तय गर्न बैठक केहीबेरलाई स्थगित भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘बैठक केहीबेरलाई स्थगित भएको हो, हामी बैठक कक्षमै छौँ,’ पन्तले भने,’नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवत केहीबेरपछि बैठक पुनः सुरू हुन्छ ।’

स्थायी कमिटी बैठकअघि राष्ट्रपतिलाई भेटेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि उनले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन् । त्यसलगत्तै नेताहरू छलफलमा जुटेका हुन् ।

अहिले ओली र प्रचण्ड तथा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूबीच छलफल भइरहेको स्रोतले बताएको छ ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

अहिलेको कानूनले कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था नरहेको दाबी गरिदैँ आएको छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उनी आफ्नो सत्ता टिकाउन आन्तरिक तथा बहुपक्षीय छलफलमा जुट्दै विभिन्न विकल्पहरूको खोजीमा लागि परेको बताइएको छ ।

पार्टीले गर्नसक्ने सम्भावित निर्णयपछि उत्पन्न परिस्थितिलाई सामना गर्न तथा आफू अनुकूलको निर्णयका लागि सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीसँग पटकपटक परामर्श गरेका ओलीलाई शीतलनिवासले दर्बिलो साथ दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ