संसद अधिवेशन अन्त्य खेदजनक : कांग्रेस « Khabarhub

संसद अधिवेशन अन्त्य खेदजनक : कांग्रेस


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस रूष्ट भएको छ ।

कांग्रेसले सरकारको निर्णय अस्वाभाविक र खेदजनक भनेको छ ।  सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘नेकपाको आन्तरिक द्वन्द्वको व्यवस्थापन त्यही पार्टीका नेताहरुले गर्ने हो । पार्टीभित्रको द्वन्द्वका कारणले प्रधानमन्त्रीले सदन नै अवरोध गरिदिनुभयो । यो अनुचित र एक हिसाबले संसदीय मूल्य पद्धतिको बर्खिलाप पनि हो ।’

संघीय सदनमा कांग्रेसले जनतासँगको जोडिएका विषयहरु उठाइरहेको र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्व प्रस्ताव र ध्यानाकर्षण प्रस्तावसमेत सदनमा दर्ता भएको अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने निर्णय खेदजनक भएको उनले बताए ।

सरकारले समेत विभिन्न विधेयकहरु टेवल गरेर प्रक्रिया अघि बढिरहेको र जनसरोकारका विषयहरु जनप्रतिनिधिहरुले संसदमै उठाउँदा सरकारलाई दबाब पनि हुने अवस्थामा सदन अन्त्य गरिनु अस्वाभाविक र खेदजनक भएको उनले बताए ।

सदनको अधिवेशन अन्त्य गर्ने सरकारका निर्णयका बारेमा जारी केन्द्रीय समितिमासमेत छलफल हुने प्रमुख सचेतक खाँणले बताए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  २ : १८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका