संसद अधिवेशन अन्त्य खेदजनक : कांग्रेस « Khabarhub

संसद अधिवेशन अन्त्य खेदजनक : कांग्रेस


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस रूष्ट भएको छ ।

कांग्रेसले सरकारको निर्णय अस्वाभाविक र खेदजनक भनेको छ ।  सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘नेकपाको आन्तरिक द्वन्द्वको व्यवस्थापन त्यही पार्टीका नेताहरुले गर्ने हो । पार्टीभित्रको द्वन्द्वका कारणले प्रधानमन्त्रीले सदन नै अवरोध गरिदिनुभयो । यो अनुचित र एक हिसाबले संसदीय मूल्य पद्धतिको बर्खिलाप पनि हो ।’

संघीय सदनमा कांग्रेसले जनतासँगको जोडिएका विषयहरु उठाइरहेको र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्व प्रस्ताव र ध्यानाकर्षण प्रस्तावसमेत सदनमा दर्ता भएको अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने निर्णय खेदजनक भएको उनले बताए ।

सरकारले समेत विभिन्न विधेयकहरु टेवल गरेर प्रक्रिया अघि बढिरहेको र जनसरोकारका विषयहरु जनप्रतिनिधिहरुले संसदमै उठाउँदा सरकारलाई दबाब पनि हुने अवस्थामा सदन अन्त्य गरिनु अस्वाभाविक र खेदजनक भएको उनले बताए ।

सदनको अधिवेशन अन्त्य गर्ने सरकारका निर्णयका बारेमा जारी केन्द्रीय समितिमासमेत छलफल हुने प्रमुख सचेतक खाँणले बताए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  २ : १८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका