राष्ट्रियसभाबाट दुई विधेयक पारित | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट दुई विधेयक पारित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिबाट पारित भएको हो ।

त्यस्तै मन्त्री डा.खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा सर्वसम्मतिबाट पारित भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सभासमक्ष पेश गरेका छन् ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : १७ बजे

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई

कोशी प्रदेशसभाबाट बजेट पारित, २२ महिनापछि छानिए समिति सभापति

विराटनगर– कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

काठमाडौं- भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ