राष्ट्रियसभाबाट दुई विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट दुई विधेयक पारित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिबाट पारित भएको हो ।

त्यस्तै मन्त्री डा.खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा सर्वसम्मतिबाट पारित भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सभासमक्ष पेश गरेका छन् ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : १७ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको