नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।

झन्डै तीन घन्टा रोकिएर सुरू भएको बैठककाबीचमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गरेको संवाद तथा राष्ट्रपतिसँग गरेको परामर्शबारे जानकारी गराएपछि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको भुषालले जानकारी दिए ।

बिहान बैठक स्थगित भएपछि ओलीसँग पनि छलफल गरेका प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न शीतल निवास पुगेका थिए ।

उक्त भेटमा उनले पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ ।

संसद् अधिवेशन अन्त्य गरेर ओलीले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन् ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

अहिलेको कानूनले कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ।

प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था नरहेको नेकपाकै नेताहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ५० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका