पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट « Khabarhub

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की- कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।

घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले  विहीबार पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले बहालमा बस्नेहरुलाई छुट दिएको जानकारी दिए ।

उनले छुट दिनेहरुको लगत सङ्कलन गर्ने काम चलिरहेकाले यो सङ्ख्या अझ बढी हुनसक्ने उल्लेख गरे । समितिका अनुसार घरधनीले मासिक भाडामा ५० देखि शतप्रतिशतसम्म छुट दिएका छन् । सरकारले समेत बन्दाबन्दीका कारणले प्रभावितहरुका लागि घरभाडामा सहुलियत दिन आग्रह गरेको थियो ।

समितिका निर्वतमान अध्यक्ष एवं महासङ्घका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले अहिलेको विषम अवस्थाका कारणले उद्योग, व्यवसाय तथा पेशाकर्मीहरु समेत प्रभावित भएकाले बहालमा बस्नेहरुलाई छुट दिन महासङ्घले देशव्यापी रुपमा आह्वान गरेको बताए ।

संस्थाले घरधनी तथा बहालमा बस्नेहरुबीच समन्वय र सहकार्य गर्दै आएको बताउँदै उनले विषम अवस्थामा धनको भन्दा पनि मनको धनी भएर घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले समेत उनीहरुलाई छुट तथा सहुलियतका कार्यक्रम ल्याउन माग गरे ।

कार्यक्रमका सहभागीहरुले घरधनी र बहालमा बस्ने दुवै पक्षलाई मर्का नपर्ने गरी आपसी समन्वयमा छुट दिइनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा दुई महिनाको घर बहाल रु चार लाख २५ हजार छुट दिनुभएका पोखरा–८ पृथ्वीचोक निवासी लालबहादुर गुरुङलाई दोसल्लाबाट सम्मान गरिएको थियो ।

आपतविपद्को समयमा गुरुङले आफ्नो घरमा सञ्चालित होटल तथा अन्य व्यवसायको चैत र वैशाख महिनाको पूरै भाडा रकम छुट दिएका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : ५० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति