पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट « Khabarhub

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।

घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले  विहीबार पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले बहालमा बस्नेहरुलाई छुट दिएको जानकारी दिए ।

उनले छुट दिनेहरुको लगत सङ्कलन गर्ने काम चलिरहेकाले यो सङ्ख्या अझ बढी हुनसक्ने उल्लेख गरे । समितिका अनुसार घरधनीले मासिक भाडामा ५० देखि शतप्रतिशतसम्म छुट दिएका छन् । सरकारले समेत बन्दाबन्दीका कारणले प्रभावितहरुका लागि घरभाडामा सहुलियत दिन आग्रह गरेको थियो ।

समितिका निर्वतमान अध्यक्ष एवं महासङ्घका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले अहिलेको विषम अवस्थाका कारणले उद्योग, व्यवसाय तथा पेशाकर्मीहरु समेत प्रभावित भएकाले बहालमा बस्नेहरुलाई छुट दिन महासङ्घले देशव्यापी रुपमा आह्वान गरेको बताए ।

संस्थाले घरधनी तथा बहालमा बस्नेहरुबीच समन्वय र सहकार्य गर्दै आएको बताउँदै उनले विषम अवस्थामा धनको भन्दा पनि मनको धनी भएर घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले समेत उनीहरुलाई छुट तथा सहुलियतका कार्यक्रम ल्याउन माग गरे ।

कार्यक्रमका सहभागीहरुले घरधनी र बहालमा बस्ने दुवै पक्षलाई मर्का नपर्ने गरी आपसी समन्वयमा छुट दिइनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा दुई महिनाको घर बहाल रु चार लाख २५ हजार छुट दिनुभएका पोखरा–८ पृथ्वीचोक निवासी लालबहादुर गुरुङलाई दोसल्लाबाट सम्मान गरिएको थियो ।

आपतविपद्को समयमा गुरुङले आफ्नो घरमा सञ्चालित होटल तथा अन्य व्यवसायको चैत र वैशाख महिनाको पूरै भाडा रकम छुट दिएका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : ५० बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा