संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्नु संविधान विरुद्धको कदम : संविधानविद् आचार्य « Khabarhub

संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्नु संविधान विरुद्धको कदम : संविधानविद् आचार्य


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संविधानविद् डा भिमार्जन आचार्यले संसदलाई नै जानकारी नदिई अधिवेशन अन्त्य गर्नु मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको विरुद्ध रहेको बताएका छन् ।

यसरी आफूखुसी कामहरु गर्दै जाँदा संसदीय व्यवस्था नै खण्डित हुनसक्ने उनले बताएका छन् ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

राष्ट्रपति भण्डारीले तत्काल नै बिहीवार साँझ ५ बजेबाट संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको भन्दै संसद सचिवालयमा सूचना पठाएकी थिइन् ।

यही राजनीतिक घटनाक्रमलाई लिएर संविधानविद आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्-  “संसद्लाई कुनै थाहा जानकारी नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ। संसद्लाई सरकारले यसरी आफू खुशी उपयोग गर्दै जाने हो भने संसदीय ब्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ।”

उनले संवैधानिक लोकतन्त्रमा सरकार संसद् र संविधान दुवैको अधिनमा बस्नुपर्ने बताएका छन्  ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ३० बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित