रोकिएन चितुवाको आक्रमण,  गएराति एक बालिका घाइते « Khabarhub

रोकिएन चितुवाको आक्रमण,  गएराति एक बालिका घाइते


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । ‘रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ’, प्रमुख बरालले भन्नुभयो ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : २६ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग