गण्डकीका मुख्यमन्त्री गुरुङले भने– ओलीलाई पाँच वर्ष हटाउन मिल्दैन « Khabarhub

गण्डकीका मुख्यमन्त्री गुरुङले भने– ओलीलाई पाँच वर्ष हटाउन मिल्दैन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती (नवलपुर) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नमिल्ने बताएका छन् ।

पूर्वी नवलपरासीको नदी तटीय क्षेत्रमा भएको कटान तथा डुबानको निरीक्षण गर्न आएका मुख्य मन्त्री गुरुङले शनिबार कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार चलाउन जनताले म्यान्डेट दिएको बताए ।

‘विगतमा पटक पटक सरकार बने पनि स्थायी सरकार बन्न नसकेको भन्दै हामीले चुनावमा भोट मागेका थियौं, उनले भने, ‘अहिले नै प्रधानमन्त्रीबाट हटाउने कुरा जनताको म्यान्डेट होइन ।’

‘राष्ट्रियताको सम्बन्धमा वा विगतमा नाकाबन्दीका बेला खेलको भूमिका लगायतले पनि ओली नै पाँच वर्ष प्रधानमन्त्री रहनुपर्छ, गुरुङले भने ।

नेकपाका नेता गुरुङले कम्युनिस्ट पार्टीको इतिहासलाई हेर्दा जुँगाको लडाइले मात्रै पार्टी फुटेको बताए ।

उनले आगामी पार्टीको एकता महाधिवेशनले मात्रै को अध्यक्ष रहने फैसला गर्ने पनि स्पष्ट गरे ।

दुई अध्यक्ष रहने कुरा अवैधानिक

नेकपा नेता एवम् मुख्यमन्त्री गुरुङले पार्टीमा दुई अध्यक्ष रहने कुरा पनि अवैधानिक रहेको बताए । तर संक्रमणकालिन अवस्थामा दुई पार्टी एकता गर्ने भएर मात्रै दुई अध्यक्ष बनाइएको बताए ।

पार्टीलाई दुर्घटनाबाट बचाउनका लागि एकताको महाधिवेशन गर्नु उपयुक्त हुने उनले सुझाए । उनले समस्याको समाधान अंकगणितका हिसाबले मात्र नहुने भन्दै कहिलेकाही बिजगणीय हिसाबले पनि हुने तर्क गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ४१ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा