ओली-प्रचण्डको आजको वार्ता पनि निष्कर्षविहीन « Khabarhub

ओली-प्रचण्डको आजको वार्ता पनि निष्कर्षविहीन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ३ घण्टा छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

आजको वार्तामा अध्यक्षद्वयले साक्षीसहित वार्ता गरेका थिए । वार्तामा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्बाङ सहभागी थिए । वार्तामा के के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन ।

साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन। यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन विष्णु पौडेल र शंकर पोखरेलले दुवै जनासँग भेटघाट र छलफल गरेका थिए।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १ : ३९ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका