अध्यक्ष प्रचण्डद्वारा खुमलटारमा बालुवाटार बैठकको ब्रिफिङ « Khabarhub

अध्यक्ष प्रचण्डद्वारा खुमलटारमा बालुवाटार बैठकको ब्रिफिङ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका चार नेताहरुबीच खुमलटारमा छलफल भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफलका विषयमा अध्यक्ष प्रचण्डले खुमलटारमा शीर्ष चार नेताबीच छलफल भएको हो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जानकारी दिएको हो ।

आइतबार बिहान ओली, प्रचण्ड, खनालबीच बालुवाटारमा छलफल भएको थियो।

खनाल र नेता सुवास नेम्वाङको मध्यस्थतामा ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएको थियो । छलफल सकारात्मकरूपमा अघि बढेको जनाइएको छ ।

यो पनि पढौं

ओली–प्रचण्ड वार्ता : निकास नभए पनि संवाद भएकोमा दुवै जना सन्तुष्ट 

ओली-प्रचण्डको आजको वार्ता पनि निष्कर्षविहीन 

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ०८ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि