कोरोना नियन्त्रणमा सरकारको काम निष्प्रभावी भयो, आन्दोलनमा जुटौं : अध्यक्ष थापा « Khabarhub

कोरोना नियन्त्रणमा सरकारको काम निष्प्रभावी भयो, आन्दोलनमा जुटौं : अध्यक्ष थापा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए ।

उनले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औल्याए । उनले नवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गरे । अध्यक्ष थापाले सांगठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा समेत जोड दिए ।

सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा सञ्चालन गर्न निर्देशन दिए ।

नेकपा र नेपाली काँग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरे ।

सो अवसरमा विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए भने अन्य पार्टी नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश