जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ | Khabarhub Khabarhub

जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई कैलालीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले कैलारी गाउँपालिका–५ घर भएका ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो ।

२०६१ कातिकमा भएको कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमालको हत्याको घटनामा संलग्न पुरणलाई कैलाली जिल्ला अदालतले ०६५ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागी थुनामा रहेका बेला ०६१ माघमा तत्कालिन विद्रोही माओवादीले कारागारमा आक्रमण गरेको मौकामा पुरण भागेका थिए ।

पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि पुरणलाई जिल्ला अदालतले गरेको फैसला सदर गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ५४ बजे

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने