पाटन अस्पतालमा उपचाररत भक्तपुरका युवकको कोरोना संक्रमणपछि मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत भक्तपुरका युवकको कोरोना संक्रमणपछि मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनमा गत भदौ ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मीका अनुसार ती पुरुष मध्यपुर थिमी नगरपालिका– ७ मा बस्दै आएका थिए । ४० वर्षीय ती युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । उनीसँगै उनका परिवारमा पनि कोरोना संक्रमण देखिएको थियो । परिवारका सदस्य आमा, बाबु, पत्नी र दुई छोराछोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै होम आइसोलेसनमा छन् ।

गत भदौ १३ गते पाटन अस्पतालमा कोरोना संक्रमणका कारण उनकी आमाको पनि मृत्यु भएको थियो । आमाको मृत्यु भएको ४ दिनपछि छोराको पनि मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : २२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता