पाटन अस्पतालमा उपचाररत भक्तपुरका युवकको कोरोना संक्रमणपछि मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत भक्तपुरका युवकको कोरोना संक्रमणपछि मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनमा गत भदौ ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मीका अनुसार ती पुरुष मध्यपुर थिमी नगरपालिका– ७ मा बस्दै आएका थिए । ४० वर्षीय ती युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । उनीसँगै उनका परिवारमा पनि कोरोना संक्रमण देखिएको थियो । परिवारका सदस्य आमा, बाबु, पत्नी र दुई छोराछोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै होम आइसोलेसनमा छन् ।

गत भदौ १३ गते पाटन अस्पतालमा कोरोना संक्रमणका कारण उनकी आमाको पनि मृत्यु भएको थियो । आमाको मृत्यु भएको ४ दिनपछि छोराको पनि मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी