मुलुकभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको  पूर्वानुमान « Khabarhub

मुलुकभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको  पूर्वानुमान


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मुलुकभरको मौसममा सामान्य वदली भएको छ ।

सोही प्रभावले मुलुकका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने आंशिक बदली रहने महाशाखाले जनाएको हो।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको  महाशाखाले जारी गरेको मौसम पूर्वानुमा बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ