प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा « Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

अध्यक्ष प्रचण्ड साढे ९ बजे बालुवाटार पुगेका थिए । भेटवार्ताको विषय खुलाइएको छैन । सचिवालयले भने पार्टीको आन्तरिक छलफल भनेको छ । तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल हुने स्रोतको दाबी छ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : १७ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला