अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा « Khabarhub

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।

ट्रम्पका सहयोगी होम हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेको सीएनएनले बताएका छन् ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले बिहिबार राति ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । भयानक ! फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं !’

ट्रम्पले हिक्ससँग थुप्रै पटक यात्रा गरेका छन् । मंगलबार मात्रै ट्रम्पले हिक्ससँग क्लिभल्याण्डमा आयोजित डिबेटमा सहभागि भएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ३१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति