बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस « Khabarhub

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस ल्याएको छ। यो गाडी स्पोर्ट डिजाइनमा छ। यसमा ‘रोडस्टर डिजाइन’को हेडल्याम्प पनि छ।

यो गाडीमा स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु जडान छन्। यो १६० सिसी डीटीएस-आई इन्जिनमा छ। जसले १६०:१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ।

यसले ५-स्पीड म्यानुअल ट्रान्समिसन प्रयोग गर्छ। यो गाडीको अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक छ। यसमा लामो सिट छ।

यो स्पाइसी रेड र इबोनी ब्ल्याक कलर संस्करणमा पाइन्छ। यसको सुरुवाती मुल्य तीन लाख १९ हजार ९ सय रहेको छ। यो गाडी बिहीबारदेखि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : १४ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।