बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन « Khabarhub

बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ ।

म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए ।

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो ।

सडक खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उनले बताए ।

यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो । मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पुर्‍याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकासँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : १५ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले