फिलिपिन्समा शक्तिशाली आँधी, १० को मृत्यु, हजारौँ विस्थापित « Khabarhub

फिलिपिन्समा शक्तिशाली आँधी, १० को मृत्यु, हजारौँ विस्थापित


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त शहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : २४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले