भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका- ३ की ६१ वर्षीया महिलाको आजै बिहान २:५५ बजे मृत्यु भएको पौडेलले बताए ।

ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ३१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय