चितवनमा तीनसहित थप छ संक्रमितको मृत्यु « Khabarhub

चितवनमा तीनसहित थप छ संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन, मोरङ र सिन्धुलीमा थप छ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चितवनमा तीन, मोरङमा दुई र सिन्धुलीमा एक संक्रमितको मृत्यु भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई र  चितवन मेडिकल कलेजमा एक गरी तीन संक्रमितको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका- ३ की ६१ वर्षीया महिलाको आजै बिहान २:५५ बजे मृत्यु भएको पौडेलले बताए ।ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै नवलपुरको देवचुली नगरपालिका-११ निवासी ८० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको छ ।

कात्तिक १२ गते चितवनस्थित भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो । आईसीयू राखिएका उनको आइतबार राती १०:४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप दुई संक्रमितको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार साँझ मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको मृत्यु भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममै आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

यस्तै सिन्धुलीमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो।

सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ०२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी