पूर्वीनवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पूर्वीनवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

कात्तिक १२ गते चितवनस्थित चितवन मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो ।

आईसीयूमा राखिएका उनको आइतबार राति १०:४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण भएकोमा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् । अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ३५ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै