पूर्वीनवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पूर्वीनवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

कात्तिक १२ गते चितवनस्थित चितवन मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो ।

आईसीयूमा राखिएका उनको आइतबार राति १०:४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण भएकोमा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् । अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ३५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय