छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय « Khabarhub

छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समान्यतया शरीरका विभिन्न भागमा स–साना डल्ला निस्कने समस्या धेरै मानिसको हुनसक्छ । कसैको शरीरमा थोरै निस्कन्छ त कसैकोमा धेरै ।

यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानी गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । केही उपाय अपनाएमा भने यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ ।

चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो)ले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दैनिक अपनाउनु भयो  भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ वा सो भन्दा केही बढी पनि लाग्न सक्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी डल्ला घातक हुन्नन् । छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् ।

पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४४ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको