बदाम खाने गर्नुहुन्छ ? थाहा पाउनुस् यसका फाइदा « Khabarhub

बदाम खाने गर्नुहुन्छ ? थाहा पाउनुस् यसका फाइदा


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा भने खासै जानकार हुँदैनन् ।

नियमित बदाम खाँदा भने यसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । यसका फाइदा यस्ता छन्‌:

मुटुरोगीका लागि फाइदाजनक

नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

क्यान्सरबाट जोगाउँछ

बदामको नियमित सेवनले क्यान्सरजस्तो घातक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट जोगाउँछ ।

मधुमेहबाट जोगाउँछ

बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

डिप्रेसनबाट बचाउँछ

बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ । यसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा फाइदा हुन्छ ।

वजन नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ

बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।

गर्भवती र शिशुलाई फाइदा

बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा गर्छ । गर्भाधारणको शुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खाँदा फाइदाजनक हुन्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्छ

बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

छालामा चमक आउँछ

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।

नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ४ : २५ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित