सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल « Khabarhub

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका ओलीले आज आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।

नेकपाको सचिवालय बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको थियो।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए।

ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ।

नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ। एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो।

बैठकको औचित्य नरहेको भन्दै ओलीले बैठकमा उपस्थित नहुने बताएको केही नेताले सार्वजनिक गरेका थिए। यहीकारण पनि आजको बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफूनिकट नेताहरुसँग छलफलमा जुटेका हुन्।

केही नेतालाई बालुवाटार बोलाएर तथा केही नेतासँग टेलिफोनमै छलफल गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ११ : ११ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ