नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित « Khabarhub

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृतलाई निलम्बन गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो ।​

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको हो । प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्बन गरेको छ ।

प्रहरीले उनीहरूलाई निलम्बन गरेर छानविन थालेको छ । छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : ०१ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ