नेकपा सचिवालय बैठक एक घण्टा पछाडि सारियो « Khabarhub

नेकपा सचिवालय बैठक एक घण्टा पछाडि सारियो


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक घण्टा पछाडि सारिएको छ । बालुवाटारमा आज दिउँसो १ बजेलाई बोलाइएको बैठक २ बजेलाई सारिएको हो ।

केही समयदेखि चर्किएको नेकपाभित्रको विवाद अध्यक्षद्वयको प्रस्तावपछि थप चर्किएको छ ।

मंगलवारको बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा छलफल नै हुन नसक्ने भन्दै सचिवालय बैठकमा नआउने बताएका थिए । प्रचण्ड–नेपाल पक्षले पनि पार्टीको औपचारिक बैठकको बेवास्ता नगर्न चेतावनी दिएका थिए ।

सचिवालयमा आफू अल्पमतमा परेपछि ओलीले पटकपटक बैठक टार्ने र लम्ब्याउने गर्दै आएका छन् ।

हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने ।

ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन !

प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार लगत्तै बैठक राख्ने हो भने उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसकेको बताए ।

मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : १३ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका