काठमाडौं उपत्यकामा थपिए ७२३ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ७२३ कोरोना संक्रमित 


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२५ महिला र ३९८ पुरुष गरी ७२३ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा एक लाख १० हजार ३७९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा २ .जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ८३६ जना संक्रमित भएका छन्, जसमध्ये ३८८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१ हजार ७९५ छ।ललितपुरमा १३ हजार ४९३ जना संक्रमित भएका छन्। जसमा ११६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ३८५ जना निको भइसकेका छन्।

हालसम्म काठमाडौमा ६ हजार ६५०, ललितपुरमा १ हजार ४०४ र भक्तपुरमा ५७५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : ४९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग