२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र सुनसरीमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ९ जना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, वागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नलवपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रोल्पामा १ र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा कर्णाली प्रदेशको रुकुम पश्चिममा ४ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ र बाजुरामा ८ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : १५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग