सप्ताहव्यापी रुपमा योग दिवस मनाइने | Khabarhub Khabarhub

सप्ताहव्यापी रुपमा योग दिवस मनाइने


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो ।

प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाइँदै आइएको छ । शिक्षासचिव महेशप्रसाद दहालको संयोजकत्वमा योग दिवस कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

उपसमितिले विभिन्न संघ संस्थाको समन्वयमा साप्ताहिक कार्यक्रम तय गर्नेछ । सो अवसरमा शिक्षामन्त्री पोखरेलले योग दिवसलाई एक दिनमात्र नभएर अभियानका रुपमा लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : १० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न