बिजुली विस्तार स्थानीय हर्षित | Khabarhub Khabarhub

बिजुली विस्तार स्थानीय हर्षित


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।

टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

विद्युतीकरणका लागि चार लाखको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ । त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताए ।

कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताए ।

केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष तीन करोड लगानी गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पुर्‍याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्‍याइने छ ।

त्यस्तै बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : १५ बजे

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम

काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता

काठमाडौं – शान्ति र लोकतन्त्रको लागि महिला नेपाल र साना

आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत अहिले जारी