बिजुली विस्तार स्थानीय हर्षित « Khabarhub

बिजुली विस्तार स्थानीय हर्षित


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।

टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

विद्युतीकरणका लागि चार लाखको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ । त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताए ।

कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताए ।

केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष तीन करोड लगानी गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पुर्‍याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्‍याइने छ ।

त्यस्तै बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : १५ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका