सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम « Khabarhub

सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पुड्कोपनको सस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढीरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

अधिकाशं हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्गफुडको प्रयोग गर्दै आइरहेका छौ । यसरी कोशेलीका रुपमा लगिएको जङ्गफुड खानका बानि लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् ।

त्यसैले आजकाल धेरै बच्चाहरु बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरु पुड्कोपन हुनसक्छन् ।

विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।

पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्कफुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अविभावकको हुन्छ । अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा विपद्का बेला सहयोग भन्दै बाडिने राहत सामाग्रीमा पनि जङ्कफुड बढि मात्रा हुने गरेको छ ।

पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय

१. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।
२. चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।
३. गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
४. गर्भवस्थामा आमालाई तनाव हुने कुनै काम नगर्ने ।
५. गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
६. शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।
७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।
८. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।
९. कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : १२ बजे

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा

मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा. स्वर्णिम