ए डिभिजन लिग : चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा « Khabarhub

ए डिभिजन लिग : चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो ।

तीन खेलमा जीत तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । मछिन्द्रले चौथो चरण सकिँदा नौ अङ्क जोडेको छ । यस्तै तीन खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब नौ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

दुई खेलमा जीत तथा दुईमा बराबरी खेल्दै आठ अङ्कका साथ जावलाखेल चौथो स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, एउटामा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्क जोडेर पाँचौँ स्थानमा पुग्न सफल भएको छ ।

यसैगरी दुई खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार सात अङ्कसहित लिगको छैटौँ स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब दुईटामा जीत र दुई खेलमा हार बेहोर्दै छ अङ्कसहित सातौँ स्थानमा, न्यूरोड टिम दुई खेलमा जीत र दुई पराजित हुँदै चार अङ्कका साथ आठौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित नवौँ स्थानमा छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब चार खेलमा एउटामा जीत, दुईमा हार र एकमा बराबरी खेल्दै चार अङ्कसहित दशौँ स्थानमा र सङ्कटा क्लब एउटा खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कसहित एघारौँ स्थानमा छ । उनीहरू समान अङ्क भए पनि गोल अन्तरका आधारमा दशौँ र ११औँ भएका हुन् ।

हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा दुईमा बराबरी खेलेर दुई अङ्क जोडेर १२औँ स्थानमा रहेको छ । चार खेलमा तीनमा हार तथा एकमा बराबरी खेल्दै एक अङ्क बटुलेको फ्रेन्डस् क्लब १३औँ स्थानमा छ । तेस्रो चरणको खेल सकिँदा फ्रेन्डस् क्लब अङ्कबिहीन थियो । तेस्रो चरणमा अङ्कविहीन अवस्थामा रहेको सरस्वती युथ क्लबको अवस्था चौथो चरणको खेल सकिँदा पनि उस्तै छ । ऊ चार खेलमै हार बेहोर्दै अङ्कविहीन नै छ ।

पाँचौँ चरणका खेल शनिबारदेखि

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौँ चरणका खेल शनिबारदेखि हुनेछन् । पाँचौँ चरणका खेल दशरथ रङ्गशाला र सातदोेबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइनेछ ।

यसअघि दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम राखिएका कारण चौथो चरणका खेल सातदोबाटोमा खेलाइएको थियो । शनिबार सातदोबाटोमा न्यूरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल दशरथ रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : १८ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा