राष्ट्रिय भवन संहिता परिमार्जन « Khabarhub

राष्ट्रिय भवन संहिता परिमार्जन


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता –१०५ परिमार्जन भएको छ ।

सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको हो ।

२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १ ०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले यस सम्बन्धमा काम गरेको हो ।

संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलक भवन संहिता निर्माण भएको छ । यसअघि राष्ट्रिय भवन संहिता भारतीयलगायतका भवन संहितामा आधारित थियो ।

अब परिमार्जित सहिंताअनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ ।

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको जानकारी दिए ।

‘यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन सहिंता हो’ उनले भने, ‘हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माण मात्र गरेका छैनौं, त्यसको संहिता पनि परिमार्जन गरेका छौं ।’

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको हो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत अन्तरक्रिया तथा कार्यशालाहरु गरिएको आयोजना निर्देशक प्याकुरेलले बताए ।

संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि तयार गरिएको छ । संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ ।

संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ५१ बजे

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व