आर्थिक वर्षको पहिलो चाैमासिकमा ४५ पुल निर्माण सम्पन्न « Khabarhub

आर्थिक वर्षको पहिलो चाैमासिकमा ४५ पुल निर्माण सम्पन्न


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच सडक पुल निर्माण गर्ने योजना बनाइएकोमा ४५ वटाको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।

चालु आवमा तीन सय पुल निर्माण गर्ने योजना रहेकामा अघिल्लो वर्षबाटै निर्माण शुरु भएका पुलहरु सम्पन्न भएको हो । पुल निर्माणमा बहुवर्षीय ठेक्का भएकाले पहिलो चौमासिकमा नै सम्पन्न भएको सडक विभाग, पुल महाशाखाका प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताए ।

चालु आवमा निर्माणाधीनमध्ये बाँकी पुल सम्पन्न गरी तीन सय सम्पन्न गर्ने लक्ष्य लिइएको हो । अहिले अघिल्ला वर्षको एक हजार ४६७ पुल निर्माणाधीन छन् भने त्यसमा २१२ पुलको योजना यस वर्ष थपिएको छ । उनले भने, “अघिल्ला वर्ष निर्माण शुरु भएका पुल सम्पन्न गर्ने योजना छ ।”

पुल निर्माण एकै वर्षमा सम्पन्न नहुने हुँदा दुई–तीन वर्षदेखि चार वर्षको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । कतिपय योजना विभिन्न कारणले सम्पन्न नहुने हुँदा त्यसमा अवधि थप हुन्छ ।

प्रशासनिक कारणले वा बर्सातलगायत कारणले निर्माण व्यवसायीले चाहेर पनि काम गर्न नसक्दा अवधि थप हुने गरेकोे उपमहानिर्देशक भट्टराईले बताए ।

निर्माणाधीन पुलमध्ये कतिपय रणनीतिक त कतिपय स्थानीय सडकमा निर्माण भइरहेको छ । विभागमा निर्माणाधीन पुलको चाप उच्च भएको भन्दै दुई वर्षसम्म नयाँ पुल निर्माणको योजना बनाएको थिएन । चालु आवमा भने स्थानीय सडकमा २१२ सडक पुलको योजना बनेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ३० बजे

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ

चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता

एजेन्सी– प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ नौसेनाको

प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण

काठमाडौं– जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीप्रति सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा