जेलमुक्त भएलगत्तै बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सन्दिग्धको मृत्यु « Khabarhub

जेलमुक्त भएलगत्तै बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सन्दिग्धको मृत्यु


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेलमुक्त भएलगत्तै लन्डनको स्ट्रीथम हाई रोडमा मानिसहरूलाई अन्धाधुन्ध चक्कु प्रहार गर्ने एक सन्दिग्ध प्रहरी कारबाहीमा मारिएका छन।

सुदेश अम्मान नाम गरेका २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेको बेलायती प्रहरीले जनाएको छ।

आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका अम्मान तीन वर्ष चार महिनाको जेल सजायमा आधा कैद भुक्तान गरी एक साताअघि कारागार मुक्त भएका थिए ।

कारागारमुक्त भएको एक सातामै अम्मानले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रहरीले कारबाही गरेको थियो । सो क्रममा उनि मारिएको बीबीसीले जनाएको छ ।

अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरेका थिए। त्यसपछि उनले बाहिर निस्किएर पनि एक महिलालाई पनि आक्रमण गरेको बताइएको छ।

आइतबार दिउँसो भएको सो आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अम्मान इस्लामिक अतिवादसँग जोडिएको प्रहरीले दावी गरेको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार