ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत « Khabarhub

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२ औं मिनेटमा गरेको १ गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो ।

यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने ८ अङ्क छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका