बलात्कार गरेर विदेश भाग्न लागेका युवक विमानस्थलबाटै पक्राउ « Khabarhub

बलात्कार गरेर विदेश भाग्न लागेका युवक विमानस्थलबाटै पक्राउ


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका एक युवकलाइृ विमानस्थलबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्नेतगाउँ घर भएका २८ वर्षीय हेमनसिंह बस्नेत छन् ।

सीआईबीका अनुसार उनी जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् ।

हरिकृष्ण नामले समेत चिनिने गरेका बस्नेत केही समय अगाडिसम्म स्काभेटर चालक थिए । धादिङको बस्नेत गाउँमै बाटो खन्ने क्रममा उनले एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

उनले गत जेठ १४ गते धादिङको गजुरी गाउँपालिका–८ हलेदेखोला घर भएकी एक १६ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेका थिए ।

घटनापछि स्थानीयले प्रहरीमा उजुरी दिएपनि बस्नेत भने फरार भएका थिए । लामो समय भारतमा रहेका उनी वैदेशिक रोजगारीका लागि कुवेतको भिसा लागेपछि नेपाल फर्किएका थिए ।

१६ वर्षीया युवतीको बलात्कार गरेर फरार रहेका बस्नेत वैदेशिक रोजगारीमा जान लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउका लागि सीआईबीलाई अनुरोध गरेको थियो ।

धादिङ प्रहरीको अनुरोधअनुसार सीआईबीले बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : १४ बजे

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार