नेप्से २.४९ अंकले बढ्दा डेढ अर्बमाथिको कारोवार « Khabarhub

नेप्से २.४९ अंकले बढ्दा डेढ अर्बमाथिको कारोवार


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.१६ अंकले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ ।

स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ । निर्जीवन बीमा ५९.२७ अंकले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अंकले बढेको छ ।

यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अंकले ओरालो लागेको छ । होटल १७.०१ अंकले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अंकले घटेको छ ।

कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको रु पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिद–बिक्री भयो ।

बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए ।

ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : ५९ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश