ए डिभिजन लिगः मनाङको अपराजित यात्रा रोकियो, च्यासलसँग पराजित  « Khabarhub

ए डिभिजन लिगः मनाङको अपराजित यात्रा रोकियो, च्यासलसँग पराजित 


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ ।

जारी लिगमा अपराजित रहेको मनाङ सोमबार भएको खेलमा २–० ले पराजित भएसँगै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा २४औँ मिनेटमा टागिया नाकामुराले च्यासलका लागि गोल गरेका थिए। उनले फ्रि किक बलमा गोल हानेका थिए।

यस्तै अन्तिम थप समयमा सन्तोष साहुखलले च्यासलका लागि दोस्रो गोल गरेका हुन्।

च्यासलसँगको हारले उपाधि दाबेदारीमा रहेको मनाङलाई दबाब परेको छ।

यसअघि ५ खेल जितेर चार खेल बराबरी खेलेको मनाङको यो नै पहिलो हार हो। मनाङको १० खेलमा १९ अंक छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २३ अंक र दोस्रो स्थानमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक रहेको छ।

मनाङलाई हराएको च्यासलको १० खेलमा १२ अंक रहेको छ। जितसँगै च्यासल नवौँ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : १४ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर