न्युजिल्याण्डका एण्डरसन इपीएल खेल्न नेपाल आउने पक्का « Khabarhub

न्युजिल्याण्डका एण्डरसन इपीएल खेल्न नेपाल आउने पक्का


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसन पनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् ।

एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट खेल्नेछन् । काठमाडौंले सोमबार प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो ।

एण्डरसन एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो शतक बनाउने कीर्तिमानी खेलाडी हुन् ।

उनले सन् २०१४ मा वेष्ट इण्डिजविरुद्ध ३६ बलमा ६ चौका र १४ छक्का प्रहार गरेका थिए ।

टी – ट्वान्टी ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : २७ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद