‘प्रेम गीत ३’ मा जीवनको यस्तो अवतार « Khabarhub

‘प्रेम गीत ३’ मा जीवनको यस्तो अवतार


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ को चर्चा छ । यतिबेला निर्माण टिमले अभिनेता जीवन भट्टराईको फस्ट लूक सार्वजनिक गरेको छ ।

पोस्टरमा भट्टराईलाई फरक भूमिकामा देखाइएको छ । उनी लामो कपालसहित चरित्रमा प्रस्तुत भएका छन् ।

निर्माण टिमले यसअघि पनि फिल्ममा समावेश कलाकारको क्यारेक्टर लूक एकपछि अर्को गर्दै सार्वजनिक गर्ने गरेको छ ।

छिट्टै नै ट्रेलर रिलिज गर्न लागेको टिमले फिल्म राम्रो भएको दाबी गर्दै आएको छ ।

एक बन्देज प्रेमकथा भनिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

फिल्ममा मुख्य लगानी सन्तोष सेनको रहेको छ भने निर्माता सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

यो फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्मले केही गीत सार्वजनिक गरिसकेको छ । ती गीत दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : २३ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ