मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका « Khabarhub

मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ ।

अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ । यसरी मोटोपन बढ्नु शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ ।

यसरी हुने मोटोपनको सबैभन्दा ठूलो बेफाइदा भनेकै यसबाट हुनसक्ने संभावित रोगको भय हो ।

किन बढ्छ मोटोपन ?

मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान नै हो । तथापी कतिपय अवस्थामा वंशानुगत कारणले पनि मोटोपन बढ्ने गर्दछ ।

केहीमा थाइराइड लगायतका रोगले पनि मोटोपन बढ्दछ भने कतिपयमा औषधीको सेवनले पनि मोटोपन बढ्दछ ।

कसरी घटाउने मोटोपन ?

१. केहि मानिस मोटोपना कम गर्न खाना कम गर्दछन् तर कम खादैमा मोटोपन कम हुदैन । बरु स्वस्थ्य एवं पोषणयुक्त खानाको सेवनबाट मोटोपन घट्न सक्छ ।

२. मोटोपन घटाउने अर्को उपाय भनेको कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खानु हो । यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ ।

३. सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ ।

४. दिनमा एक वा दुइ पटक भोजन गर्दैमा मोटोपन घट्दैन । बरु दिनभरमा ४/५ पटक गरेर थोरै थोरै भोजन गर्नु उत्तम हुन्छ । एकै पटक धेरै खादाँ मोटोपन बढ्छ ।

५. मोटोपना बढाउने कारक भनेको तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन् । त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा सेवन गर्नुपर्दछ ।

६. उसिनेको सागसब्जी, यसको रस, फलफूल वा सलाद लगायतका खानेकुरा खाएमा मोटोपन कम हुदैं जान्छ ।

७. दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा ब्यायाम गर्नुपर्दछ ।

८. बिहान चाडै उठ्ने, बेलुकी चाडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ ।

९. एकै स्थानमा लामो समय नबस्ने छिनछिनमा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ ।

१०. मदिरापान तथा मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले पनि मोटोपन बढ्दछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : २१ बजे

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको